Home > News > सैफ र करीनाको बिहे आज

सैफ र करीनाको बिहे आज

     बलिउड अभिनेता सैफ अली खान र अभिनेत्री करीना कपूरले आज औपचारिक रुपमा लगनवाँठो कस्दैछन् । मुस्लिम परम्परा अनुसार निकाह गरेसँगै मुम्बइको उपनगर बान्द्रास्थित म्यारिज रजिस्टारको उपस्थितिमा सैफको घरमा यी दुइबीच कोर्ट म्यारिज हुनेछ ।
बिहेपछि १८ अक्टोबरमा दिल्लीमा बिहेभोज गरिनेछ, त्यस दिन सैफ र करीना पटौदी स्थित पुस्तौनी घर इब्राहिम प्यालेसमा पनि जानेछन् ।
सैफ र करीनाले बिहेको पूर्वसन्ध्यामा सोमबार मुम्बइको होटल ताजमा बलिउडका आत्मीय मित्र तथा नातेदारका लागि विशेष डिनरको आयोजना गरेका थिए । त्यसअघि आइतबार सांगितिक कार्यक्रम गरिएको थियो । जहाँ करीनाकी दिदी करिश्माले पनि प्रस्तुती दिएकी थिइन् भने सैफकी सानी बहिनी सोहा पनि प्रेमीसँगै उपस्थित थिइन् ।
यता सैफ र करीनाको विवाहका लागि डिजाइनरहरुको लडाइँ सुरु भैसकेकेा छ । दिल्लीका डिजाइनर रितु कुमार तथा मुम्बइका डिजाइनर मनीष मलहोत्रा दुबैले विवाहका बेला करीनाले आफुले डिजाइन गरेको लुगा लगाउने दाबी गरेका छन् ।
यसअघि सैफ र करीनाले केही दिन जयपुरमा बिहेको सपिङ गरेका थिए । आजको विवाह समारोहमा उपस्थित पानका पारखीलाई जयपुरकै पान खुवाइनेछ ।

Advertisements
Categories: News
  1. No comments yet.
  1. No trackbacks yet.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s