Home > News > कालो झन्डा देखाइ स्वागत गरेको डा लाई उपहरमा सुकेको धानको बोट

कालो झन्डा देखाइ स्वागत गरेको डा लाई उपहरमा सुकेको धानको बोट

२८ असोज, सप्तरी । प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई प्रतिपक्षी दलका भ्रातृ सङ्गठनहरुले राजविराजमा कालो झन्डा देखाएका छन् । राजविराजमा आइतवारवाट सुरु भएको कृष्णा सहकारी मेलाको उद्घाटन गर्न आउने क्रममा राजविराजस्थित रुपनी रोडमा काँग्रेस, एमालेसहितका प्रमुख प्रतिपक्षी दलका भ्रातृ सङ्गठनहरुले प्रधानमन्त्रीलाई कालो झन्डा देखाएका हुन् ।
यसैवीच सप्तरीका किसानले जिल्लालाई सुख्खा क्षेत्र घोषणाको माग गर्दै प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई सुकेको धानको बोट प्रदान गरेका छन् । एकीकृत माआवादी सप्तरीको मोहनपुर गाउँ कमिटीले कठौना बजारमा आइतवार आयोजना गरेको स्वागत कार्यक्रममा सहभागी हुन कठौना आइपुग्नुभएका प्रधानमन्त्री डा भट्टराईलाई किसानहरुले सुकेको धानको बोट प्रदान गरेका हुन् ।
कृषि मजदुर बेरोजगार युवा सङ्घको अगुवाइमा किसानहरुले यसवर्ष वर्षको अभावमा धेरै ठाउँमा रोपाइँ हुन नसकेको र रोपिएका धानका बोटसमेत सुक्न लागेको भन्दै सप्तरीलाई सुख्खा क्षेत्र घोषणा गरी राहत उपलब्ध गराउन माग गरे । किसानहरुले प्रदान गरेको सुकेको धानको बोट ग्रहण गर्दै प्रधानमन्त्री डा भट्टराईले किसानहरुको माग जायज भएकाले सरकारले राहत उपलब्ध गराउने आश्वासन दिनुभयो ।
सुख्खा क्षेत्रको आवश्यक अध्ययन गरी सरकारले छिट्टै राहत प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले किसानको समस्याप्रति सरकार गम्भीर रहेको बताउनुभयो । स्वागत कार्यक्रममा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै प्रधानमन्त्री डा भट्टराईले दलहरुको सहमतिमा छिट्टै पूर्ण बजेट आउने बताउनुभयो । उहाँले सरकारले घोषणा गरेको सप्तरीको कठौना कल्याणपुर नगरपालिका कार्यान्वयनका लागि सरकारले गृहकार्य गरेको पनि जानकारी दिनुभयो । सो अवसरमा प्रधानमन्त्री डा भट्टराईलाई नागरिक समाज र कृषि मजदुर बेरोजगार युवा सङ्घले छुट्टाछुट्टै ज्ञापनपत्र दिएका थिए ।

Advertisements
Categories: News
  1. No comments yet.
  1. No trackbacks yet.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s