Home > News > पत्रकार महासंघमा डरलाग्दो भ्रष्टाचार काण्ड

पत्रकार महासंघमा डरलाग्दो भ्रष्टाचार काण्ड

काठमाडौं/ नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघमा पत्याउनै नसकिने भ्रष्टाचार काण्ड घटेको छ । महासचिव ओम शर्मा र कोषाध्यक्ष सितल साहको मिलेमतोमा १५ लाख रुपैयाँ खाताबाट झिकेर गायब बनाइएको छ । करिब १ वर्षअघि झिकेको उक्त रकम कोषाध्यक्ष साहले आफ्नो व्यापार व्यवसायमा लगानी गरेको महासंघ स्रोतले ‘मूलधार न्यूज’ लाई बताएको छ । उनले कृषि विकास बैंकको खाताबाट उक्त रकम झिकेका हुन् । महासचिव शर्मालाई विश्वासमा लिएर कोषाध्यक्ष साहले व्यक्तिगत प्रयोजनकै लागि उक्त रकम चलाएको स्रोतको भनाइ छ । आफु समेत फस्ने देखिएपछि महासचिव शर्माले असोज २४ गते महासंघ केन्द्रीय समितिको अकस्मिक बैठक बोलाएका थिए । उक्त बैठकमा सदस्यहरुले चेक काण्डको चर्काे विरोध गरे पछि कोषाध्यक्ष साहले ब्याज बढि आउने भएकाले आफुले महासचिव शर्मासँग मिलेर रकम निकालेको स्वीकारेका थिए । ब्याज बढि आउने नाममा रकम निकालेर एक वर्षम्म जम्मा नगरेको विषयमा भने उनी नाजवाफ बनेको महासंघ स्रोतको भनाइ छ । बैठकमा कोषाध्यक्ष साहलाई निलम्बन गरी कारवाही गर्नर्ुपर्ने कुरा चर्किएपछि उनी आफंैले राजीनामा दिन तयार भएको बताएका थिए । कोषाध्यक्ष साहले आफुले अनधिकृत रुपमा चलाएको पैसा फिर्ता प्रतिबद्धता व्यक्त गरे पनि बैठकमा नियम विपरित आर्थिक अपचलन गरेकाले कारवाही हुनु पर्ने कुरा जोडदार ढंगबाट उठेको थियो ।

उक्त काण्डसँगै कोषाध्यक्ष साहले गरेको अनियमितताको एक पछि अर्काे पोल खुल्न थालेको छ । महासंघलाई आवश्यक नै नपरेको प्रिन्टर खरिदमा पनि उनले भ्रष्टाचार गरेका छन् । करिब २० हजार मूल्य पर्ने प्रिन्टरको उनले ६५ हजार भुक्तानी दिएको रहस्य खुलेको छ । केही समयपछि उक्त प्रिन्टर फिर्ता गरी १ लाख ३० हजार भुक्तानी दिएर अर्काे प्रिन्टर खरिद गरेको र त्यसमा पनि व्यापक भ्रष्टाचार भएको महासंघ स्रोतले दाबी गरेको छ । उक्त प्रिन्टर अहिले प्रयोगबिहीन अवस्थामा फ्याँकिएको छ । कोषाध्यक्ष साहले आफ्नै अग्रसरतामा महासंघको पुरानो भवन भत्काउँदाको कवाडी सामान लिलाम गराएका थिए । उनले कागजी रुपमा आफ्नै व्यक्तिलाई लिलामीको सामग्री परेको देखाएका थिए । ४ लाख ५० हजारमा गरिएको उक्त लिलामीको रकम पनि महासंघमा दाखिला नगरी कोषाध्यक्ष साह आफैले व्यापार व्यवसायमा लगानी गरेका छन् ।

यी सबै काण्डको बारेमा उनले सफाई दिने प्रयत्न गरे पनि महासंघको अकस्मिक बैठकमा कागज-पत्र हेरेर मात्र निर्ण्र्ाालिने सहमति भएको छ । पत्रकार महासंघको कोषाध्यक्ष भए पनि साह आफै व्यवसायिक पत्रकार भने होइनन् । कुनै बेला विद्यालयको शिक्षक रहेका साह अहिले प्रेस र ठेक्का-पट्टा व्यवसायमा संलग्न छन् । कोषाध्यक्ष साहले अहिले महासंघ कार्यालयलाई आफ्नो व्यापारिक थलो बनाएको महासंघ स्रोतले बताएको छ । उनले त्यहाँ ठेक्का-पट्ट र प्रेस सम्बन्धि कारोबारका व्यक्तिसँग भेटघाट गर्ने गर्छन् । महासंघले हालै खरिद गरेको ‘ल्याण्ड क्रुजर’ गाडिको पनि चरम् दुरुपयोग भएको छ । महासंघको आफ्नै स्रोतबाट तेल हाल्नेसम्म अवस्था नभएको बेला उनले हप्तौंसम्म आफ्नो व्यक्तिगत प्रयोजनका लागि उक्त गाडि प्रयोग गर्ने गरेको महासंघ स्रोतको भनाई छ ।

पत्रकारहरुले भने आफ्ने साझा संस्था महासंघमा एउटा व्यक्तिले भ्रष्टाचार र मनोमानी गरेकोमा आक्रोश व्यक्त गरेका छन् । कोषाध्यक्ष साहलाई तत्काल निलम्बन गरी कारवाही गर्नर्ुपर्ने उनीहरुको माग छ । महासंघका एक केन्द्रीय सदस्यले भने -’निकट भविष्यमा हुने महासंघको केन्द्रीय साधारण सभामा यो विषयले प्रवेश पाउने छ । र, त्यहीँबाट छानबिन समिति गठन र कारवाहीको प्रक्रिया अघि बढ्ने छ ।’ कोषाध्यक्ष एक्लैको हिम्मत र मिलेमतोबिना यति ठूलो काण्ड घट्न नसक्ने पत्रकारहरुको बुझाई छ । ती सदस्यले व्यवसायिक पत्रकारहरुको हक-हित र प्रेस स्वतन्त्रताको पक्षमा प्रतिबद्ध मानिएका अध्यक्ष शिव गाउँलेको कार्यसमितिका कोषाध्यक्षबाट यस्तो गम्भीर प्रकृतिको अपराध हुनु दुःखद् भएको बताए ।

सभार ‘मूलधार न्यूज

Advertisements
Categories: News
  1. No comments yet.
  1. No trackbacks yet.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s