Home > News > छिन्नमस्ता भगवती

छिन्नमस्ता भगवती

परिचय
छिन्नमस्ता भगवती सप्तरी जिल्लाको राजविराजबाट दक्षिण सीमावर्ती क्षेत्र(सप्तरी जिल्लाको छिन्नमस्ता गाउँ विकास समिति-२, सखडा गाउँमा) पर्छ। छिन्नमस्ता भगवती मनोकामना पूरा गर्ने शक्तिपीठहरूमध्ये एक पीठ मानिएको हुदा नेपाल र भारतका जनताको ठूलो आस्था छ|
इतिहास
प्राचिन इतिहास र किवंदन्ती का अनुसार, सन् १०९७मा मुसलमानले आक्रमण गर्दा कर्नाटकका कर्नाटवंशी राजा नान्यदेव भागेर पाटली पुत्र हुँदै मिथिला आई पुगेर सिम्रौनगढ (बारा)मा राजधानी कायम गरे। यिनै नान्यदेव वंशको पाँचौँ पुस्तामा शक्रसिंह देव राजा भएका थिए। उनी नाबालक छोरा हरिसिंह देवलाई राजगद्दीमा राखी निर्वासित जीवन बिताउन सप्तरी आए। त्यसबेला जङ्गलले ढाकिएको यस स्थानमा जङ्गल सफा गर्दा भेटिएको भगवती मूर्तिलाई उनले आफ्नो कुलदेवीको रूपमा स्थापना गरी आफ्नो नामबाट देवीको नाम शक्रेश्वरी राखे भन्ने भनाइ छ। देवीको शीर नभएकोले केही समयपछि छिन्नमस्ता भगवती भन्न थालिएको हो।

सिम्रौनगढका राजा शक्रसिंह देवले आफ्नो कुल देवी शुक्रेश्वरीको स्थापना गरी मन्दिर बनाएका थिए। [१] राजा शुक्र सिंहको अपभ्रंश भएर नै उक्त गाउँ सखडा हुन गएको हो। तीन दशक पूर्वसम्म सखडा भगवतीलाई सखडेश्वरी भगवती भनेर नै पूजा गरिन्थ्यो।
मन्दिर
मन्दिरभित्र मूल देवीको रूपमा भगवतीको कालो रङको बुट्टेदार मूर्ति छ। उक्त मूर्तिको पाउँतिर राँगाको काटिएको टाउको प्रस्ट रूपमा ढुङ्गामा कुँदिएको छ। मूल मूर्तिको देबे्रपट्टि दक्षिणकाली, महषमर्दिनी र दाहिनेतिर चामुण्डा भैरवी र त्यस्तै कालो रङको अर्को प्रस्तर मूर्ति स्थापित छ। ती मूर्तिहरूलाई पञ्चभगिनी पनि भनिन्छ।

पूजा समितिले वर्षका चारवटै नवरात्रमा ५६ प्रकारका परिकार बनाई मध्यरातमा पूजा गर्ने गर्दै आएको छ। पूजा गर्दा केही विघ्नबाधा उत्पन्न हुन थालेपछि भगवतीको सिंहासनमा एउटा जन्तर राखी महाअष्टमीको राति तान्त्रिक विधिद्वारा पूजा गर्ने गरिएको छ। यहाँ बलि प्रदान गर्दा निस्केको रगतमा झिङ्गा नबस्नु, रगत लुगामा लागे पनि दाग नलाग्नु, रगत पोखरीको पानीमा मिसिदा रातो नहुनु, बलि प्रदान गर्ने नाममा राखेका खसी बाख्रालाई केही नहुनु, बलिका लागि किनेका पशुलाई कुकुर र स्याल टोकेको छ भने मन्दिर नपुग्दै मर्नु आदि आश्चर्यजनक काम हुँदै आएको भनाई रहेको छ।
महत्त्व
छिन्नमस्ता भगवती मनोकामना पूरा गर्ने शक्तिपीठहरूमध्ये एक पीठ मानिएको हुँदा यहाँ नेपाल तथा भारतका श्रद्धालु भक्तजनहरूको बोका, भेडाँ, परेवा, हाँस र माछा आदि बलिदान सामाग्रीसहित दिनहुँ घुइँचो लाग्ने गरेको मूल पूजारी महानन्द ठाकुर बताउनुहुन्छ। यहाँ प्रत्येक दिन ५० वटाभन्दा बढी तथा बडादसैँमा हजारौँ बोका, भेंडा, परेवा, हाँस र माछाको बलि चढाइन्छ। मनोकामना पूरा भएकाहरूले पञ्चबलिसमेत गर्छन्। यहा वर्षेनी ३० हजार भन्दा बढि बलि प्रदान हुने गरेको विश्वास गरिन्छ|

छिन्नमस्ता भगवती मुसलमानहरूको पनि आस्थाको केन्द्र बनेको छ। मुसलमान समुदायका हजारौँ व्यक्ति विभिन्न मनोकामना लिएर छिन्नमस्ता भगवती मन्दिर बाहिर बसी फूलहैस गर्न आउने गरेका पूजारी ठाकुर बताउनुहुन्छ।

करिब सवासय वर्षअघि सखडाको भगवती मन्दिर एउटा गुफाको रूपमा थियो। त्यहाँ स्थानीय बासिन्दा च्याखुरी नानी र चुनीलाल ठाकुरले सफा गरी भीक्षाटनबाट सङ्कलित रकमबाट सानो मन्दिर निर्माण गरेका थिए तर सो मन्दिर वि.सं. १९९० सालको भूकम्पमा भत्किएकोले त्यस बेलाका पूजारी अनिरुद्ध ठाकुरले समाजको सहयोगमा टिनको छाना भएको मन्दिर बनाएका थिए सो पनि जीर्ण हुँदै गएकाले वि.सं. २०२८ सालमा तत्कालीन भारतीय रेल मन्त्री ललित नारायण मिश्रले पक्की मन्दिरको साथै तीन कोठे धर्मशाला पनि बनाउन लगाएका थिए। वि.सं. २०४४ सालमा तत्कालीन राजा बीरेन्द्रले मन्दिर निर्माणको लागि रु. पाँच लाख चढाएर भगवतीको प्यागोडा शैलीको भव्य मन्दिरको निर्माण गराए जुन अद्यावधि छ।

नेपाली बृहत् शब्दकोशमा छिन्नमस्ताको अर्थ घाँटी छिनेको, आफ्नो टाउको हातमा लिई घाँटीबाट निस्केको रगतको धारा त्यसै टाउकोलाई खुवाई रहेको भन्ने छ। यस कुरा सखडास्थित मूर्तिसँग मेल खाँदैन। वि.स. १९८४मा सप्तरी जिल्लाको तिलाठी निवासी ज्योतिषी यदुनन्दन मिश्रले अष्टधातुले बनेको एउटा घण्टा सखडा मन्दिरमा चढाएका थिए। उक्त घण्टामा शक्रेश्वरी एकपटक र महिषमर्दिनी दुईपटक लेखिएको छ। यसबाट स्पष्ट हुन्छ शक्रसिंहले आफ्नो इष्टदेवी भगवती स्थापना गरेका थिए।

सखडा भगवतीको मूर्तिलाई सूक्ष्मरूपले हेर्दा तीनवटा टुक्रा मिलाएर स्थापित गरिएको देखिन्छ। सन् १३२८मा गयासुद्धिन तुगलकले तिरहुतमाथि आक्रमण गरेका थिए। जसको फलस्वरूप सिम्रोनगढ ध्वस्त भयो। सिम्रौगढका मूर्तिहरू समेत अहिले पनि फुटेकै अवस्थामा छन्। यस प्रकार सखडा भगवतीको मूर्ति पनि त्यहीबेलाको आक्रमणमा फुटेको इतिहासविद् हरिकान्तलाल दास अनुमान गर्नुहुन्छ।

Advertisements
Categories: News
  1. No comments yet.
  1. No trackbacks yet.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s