Home > News > कोशी टप्पु वन्यजन्तु आरक

कोशी टप्पु वन्यजन्तु आरक

कोशी टप्पु वन्यजन्तु आरक्ष कोशी नदीको तटमा रहेको संरक्षित क्षेत्र हो। यो वि.स. २०३२ (सन् १९७६) सालमा स्थापना भएको हो। यो १७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। यस आरक्ष सुनसरी, सप्तरी र उदयपुर गरेर तिनवटा जिल्लामा फैलिएको छ। सन् १९८७ रामसार सुचीमा सुचीकृत भएको नेपालको पहिलो ठूलो रामसार क्षेत्रका रूपमा परिचित यस आरक्षमा विभिन्न ४८९ प्रजातीका चराहरू, २१९को संख्यामा दुर्लभ अर्ना र ११/१२ वटा दुर्लभ डल्फीनसमेत पाइन्छ।

नेपाल सरकारले जनसहभागितामा संरक्षण कार्य अगाडि बढाउने अभ्रि्रायले मध्यवर्ती क्षेत्रको घोषणा गरी, यस मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको गठन २०६१ भदौ ३१मा गरिएको हो। मध्यवर्ती क्षेत्रको क्षेत्रफल १७३ वर्ग कि.मी रही ३ जिल्लाको (सुनसरी, सप्तरी, उदयपुर) १६ वटा गाउँ विकास समितिहरू समेटिएको छ। मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिमा ९ जना समिति सदस्य, १ जना समिति अध्यक्ष तथा १ सदस्य सचिव संरक्षण अधिकृत लगायत १३ सदस्यीय व्यवस्थापन समिति रहेको छ। मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिलले विशेष गरेर आरक्ष वरिपरी रहेका प्राकृतिक श्रोतको संरक्षण र सदुपयोग, स्थानीय सामुदायिक विकास लगायत आरक्ष संरक्षणमा सहयोग र सल्लाहकारको भूमिका निर्वाह गर्ने गर्छन्।

यहाँ हरेक वर्षझैं विश्व सिमसार दिवस तथा दशौं राष्ट्रिय चरा महोत्सव मनाइन्छ। कोशी टप्पु वन्य जन्तु आरक्षण दक्षिण पूर्वी तराईको सुनसरी जिल्लामा सप्तकोशी नदीको तमा अवस्थित छ। यो आरक्ष २०३२ साल (सन १९७६)मा लोपोन्मुख अवस्थामा रहेका अर्ना(जंगली भैँसी)हरूको संरक्षीत बासस्थानको रूपमा स्थापना भएको हो। कुल क्षेत्रफल १७५ वर्ग कि.मि. भएको यो आरक्षण नेपालको सबैभन्दा सानो आरक्षण हो। यसको दक्षिणी सिमामा सप्तकोशी नदीको बाँध रहेको छ। राम्रो र ठूलो सिमसार क्षेत्र भएका कारण यस आरक्षमा र्साईवेरिया देखि घुमन्ते चराहरू आउने जाने गर्छन, त्यति मात्र नभई यो आरक्ष दुर्लभ गिद्धको लागि पनि प्रसिद्ध छ।
हावापानी
आरक्षमा तीन अलग मौसम अनुभव गर्न पाइन्छ। गर्मीको मौसम (फाल्गुण देखि जेठसम्म)मा तीव्रता न्यूनतम वर्षा सँग संगै तिब्र गर्मी हुन्छ। यसबेला यहाँको तापक्रम ४० डिग्री सेन्टीग्रेट सम्म पुग्न सक्छ। मनसून जेठको अन्त्य तथा आषाढको शुरूमा शुरू हुन्छ र भाद्र सम्म लगातार भारी वर्षा रहइन्छ। सबैभन्दा भारी वर्षा साउन तिर हुने गर्छ तर त्यस मौसममा उच्च आर्द्रता र तापक्रमको अनुभव पनि हुने गर्छ। शिसिर ऋतुलाई सफा आकाश र सयमी तापक्रमले चिनाउँछ, तापनि यो मौसममा अझै पनि एकदम ठण्डा हुने गर्छ।
वनस्पति तथा वन्यजन्तुहर
कोशी टप्पु वन्य जन्तु आरक्षण मुख्यत: घाँसे मैदानले भरिएको छ। साथै यहाँ खयर, साल तथा सिसौ लगायतका वनस्पतिहरू पाइन्छन्। मुख्यत: लोपोन्मुख अवस्थामा रहेका अर्ना(जंगली भैँसी)हरू पाईने यो आरक्षमा अन्य २० प्रकारका साना ठूला जनावरहरू जस्तै: हरिण, रतुवा, नीलगाई, बँदेल, बाँदर, अजिंगर आदि जनावरहरू पाइन्छन्।

विश्वमा नै दुर्लभ मानिएका चराचुरुगीहरू सहित ४४१ प्रजातिका चराचुरुंगीहरू पाइने यस आरक्षणमा हाँस प्रजातिका २० वटा, जलचरा प्रजातिका ११४ वटा लगायतका पंक्षीहरू पाइन्छन्। जस मध्य लोसार ठूलो धनेश, स्वाम्प प्याराडाइज(swamp partridge), फिसिङ इगल, टफटेड सोभलरडक ब्रेस्टेट, ब्रान्डेट रेल किङ फिसर आदि संसारमा नै दुर्लभ चराहरू अन्तर्गत पर्छन। साथै जाडो मौसममा रूसको साईवेरिया, मंगोलिया, चीन, तिब्बत, काजकस्तान, अफगानिस्तान, स्पेन, इरानबाट पनि चराहरू बसाइ सरेर आउने गरेको पाइन्छ। यस आरक्षमा अवस्थित कोशी नदीमा ८० प्रजातिका माछाहरू लगायत साथै दुर्लभ घडियाल गोहि तथा ग्यांगेटिक डल्फिन (Gangetic dolphin) पनि पाइन्छन्।

“अर्नाको राजधानी र चराहरूको स्वर्ग”

विराटनगरबाट करिब ५० किमी उत्तर-पश्चिम र धरानबाट करिब ४० किमी पश्चिम दक्षिणमा अवस्थित कोशीको “टप्पु” कोशीटप्पु सिमसार भूमि र दलदले क्षेत्रका लागि विश्वमै प्रसिद्ध छ। सिसौ, खयर र सिमलका रूख र पोथ्रा-पोथ्रीहरूले भरिएको यो टप्पु सिमसार भूमि र दलदले क्षेत्र बाहेक चराको वासका रूपमा पनि लागि विश्वमै प्रसिद्ध छ। यहाँ ४२० प्रजातिका स्थायी चरा छन्, हरेक वर्ष साइबेरियाबाट हिमाल नाघेर अस्थायी चरा पनि केही महिनाका लागि डेरा खोज्दै आइपुग्छन। अर्ना त नेपालमा केवल यहीँ मात्र पाइन्छ। यसैले कोशीटप्पुलाई अर्नाको राजधानी, चराको स्वर्ग भनिन्छ।

नदीको केही भाग समेत समेटेर १७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको आरक्ष क्षेत्रमा अर्ना र दुर्लभ चराको अवलोकन गर्न बर्सेनि विदेशी पर्यटकहरू आउँछन। विश्वमै कहीँ नपाइने स्वाम प्याष्ट्रिज नामक चरा यहाँ पाइन्छ। कात्तिकदेखि फागुन महिनासम्ममा रूस, श्रीलङ्का, भारत, तिब्बत आदि देशहरूबाट हुल बाँधेर चराका बथान आइपुग्छन। केही समय यहाँ बास बसेपछि यी चराहरूले पाकिस्तान, अफगानिस्तान हुँदै अफ्रिका, युरोपतिर बेग हान्ने चरा अध्येताहरू बताउँछन। कोशीको धमिलो पानीमा क्रेन प्रजातिका लामो घाँटी भएका चराहरूका साथै कर्‍याङकुरुङ, सारस, पानीहाँस हुलका हुल देख्न पाइन्छ। डल्फिन र घडियाल गोही पनि कोश टप्पुका आकर्षण हुन।

कात्तिकदेखि फागुनसम्म अर्ना र चराको संसार घुमघाम र दृश्यावलोकनका लागि बढी उपयुक्त मानिन्छ। यो अवधिमा चराहरूको भीडले कोशीटप्पुको रौनक नै अर्कै हुन्छ। अझै हात्ती चढेर आरक्षण र नजीकैका गाउँ घुम्दाको मज्जै बेग्लै हुन्छ। तमोर, अरुण, दूधकोशी, तामाकोशी, सुनकोशी, लिखु र इन्द्रावती मिसिएको सप्तकोशी यहाँको अर्को आकर्षण हो। आरक्षण घुम्न जानेहरूका लागि आसपासका क्षेत्र र सप्तकोशी नदीमाथिको र्‍याफ्टिण्ङ समेत तान्नसक्छ। काभ्रे जिल्लाको दोलालघाटबाट भोटेकोशीमा र्‍याफ्टिङ गर्दै बराहक्षेत्र-चतरा निस्केर कोशीटप्पु भ्रमण गर्न सकिन्छ। धरानबाट २६ किमी उत्तर मूलघाट गएर र्‍याफ्टिङ गर्दै चतरा भएर कोशीटप्पु समेत झर्न सकिन्छ। चतराबाट ३० किलोमिटर दक्षिणमा पर्ने कोशीटप्पुसम्म सप्तकोशीमा नौका विहारको आनन्दसमेत लिन सकिन्छ।

पुग्ने कसरी?

कोशी ब्यरेज बाट हेर्दा कोशी टापु को दिर्स्य मनमोहक देखिन छ । विराटनगरबाट करिब ५० किमी उत्तर-पश्चिम र धरानबाट करिब ४० किलोमिटर पश्चिम दक्षिणमा अवस्थित कोशीटप्पुसम्म पुग्न यातायातका साधन सजिलै पाइन्छ। पूर्व-पश्चिम राजमार्गको लौकही नजीकैको जमुनाहबाट दुई किमी उत्तरमा रहेको आरक्षणको दक्षिणी भागबाटै सप्तकोशी नदी तटबन्ध काटेर बस्तीमा प्रवेश गरेकाले यो मार्ग अहिले छैन। हाल कोशीटप्पु पुग्न इटहरी र इनरुवा बीचमा पर्ने झुम्का तथा धरानबाट चतरा भएर जानुपर्ने हुन्छ।

कोशी टापु संरक्षित क्षेत्र(संरक्षित वन क्षेत्र) १७५ बर्ग किमीमा फैलिएको एउटा वन्य-जीवन(wildlife) शरण क्षेत्र, झीलक्षेत्र (wetlands) भएको ठाउँ हो जुन १९७६मा स्थापित भयो जुन पूर्वी नेपालमा स्थित छ। यहाँ महेन्द्र राजमार्गबाट भएर जान सकिन्छ। यस संरक्षण क्षेत्रमा हाल पाँच हात्तीहरू छन र यो क्षेत्र एशियन पानीको जंगली भैँसी जसलाई अर्ना भनिन्छ, हरिण, नीलगाई, मगर, गंगा डल्फिन (Gangetic Dolphin), अन्य ४६० भन्दा धेरै जातिको चराचुरीहरूको बसो बास स्थल हो।

काठमाडौंको त्रिभुवन विश्वविद्यालयमा सेंट्रल डिपार्टमेँट अफ जुलोजी ( Central Department of Zoology) द्वारा १९९७ देखि १९९८मा एउटा संरक्षण अध्ययन (study of the reserve) शुरु गरिएको थियो त्यो अध्ययनमा पाईयो कि संरक्षण क्षेत्र नजीकै बस्ने बासिन्दा र संरक्षित वन्यजीव बीच जबरजस्त लडाई छ। त्याहाँ पाईयो कि त्याहाँको बासिन्दाहरूलाई फसलको नोक्सानी र पशुहरूको उत्पीडनको बन्नु पडि रहेको छ जबकि आरक्षित प्रबन्धकहरूसित अवैध शिकार, पशु चराई र संरक्षित क्षेत्रमा अन्य गतिविधिहरूको समस्या थियो।

अध्ययनपछि कतिपय सुझावहरू अध्ययनकर्ताहरूतिर बाट आयो जसमा एउटा सुझाव थियो- पर्यटनको विकास। उनिहरूको सुझाव थियो कि वाईल्डलाईफको प्रशिक्षकहरूद्वारा क्षेत्रीय मान्छेहरूलाई प्रशिक्षण दिएर गाईड बनाउनु र पर्यटनलाई विकाश दिनु। [१]

वन्य-जीवनको संरक्षण अतिरिक्त यस संरक्षित क्षेत्रमा सप्तकोशीको केही महत्वपूर्ण भाग पनि संरक्षित रही रहन्छ। 1987मा यो ठाउँलाई रामसर साईट घोषित गरियो। [२]

Advertisements
Categories: News
  1. No comments yet.
  1. No trackbacks yet.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s